‘समृद्ध कर्णाली सुखारी कर्णालीवासी’ बनाउने दायित्व सबैकोः मुख्यमन्त्री शाही

सुर्खेतः कर्णाली प्रदेश विकास परिषदको बैठक सम्पन्न भएको छ ।

‘शिक्षा स्वास्थ्य र रोजगार, त्यसका लागि पूर्वाधार’ भन्ने नाराका साथ परिषद अध्यक्ष मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा सुर्खेतमा बसेको बैठक कर्णाली प्रदेशको प्रथम पञ्चवर्षीय योेजनाको मस्यौदामाथि छलफल गर्दै सम्पन्न भएको हो ।

वैठकमा सहभागि परिषद् सदस्यहरुले योजना आयोगले तयार गरेको प्रथम पञ्चवर्षीय योजनाको मस्यौदा मुलभुत रुपमा सही भएपनि अझै वस्तुनिष्ठ वनाउन सुझाव दिएका छन् ।

प्रदेश योजना आयोगका उपाध्यक्ष प्रा.डा.पुण्यप्रसाद रेग्मीले कर्णाली प्रदेशको पञ्चवर्षीय योजनाको आधारपत्र प्रस्तुत गरेपछि बैठकमा सहभागि परिषद् सदस्यहरुले आधार पत्रका वारेमा आ–आफ्ना सुझाव राखेका थिए । वैठकमा ४३ जना परिषद सदस्यहरुले सुझाव राखेका थिए ।

बैठकमा वोल्दै परिषद अध्यक्ष एवं मुख्यमन्त्री शाहीले समृद्ध कर्णाली सुखारी कर्णालीवासी बनाउने दायित्व सबैको भएको बताए । उनले समृद्ध प्रदेशको एजेण्डामा सवैको एकता आवश्यक भएको वताउँदै रचनात्मक रुपमा अघि वढनुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री शाहीले कर्णालीमा लगानीमैत्री वातावरण बनाउन सरकार गम्भीरतापुर्वक लागेको बताउँदै ५ वर्षमा ११४७ डलर तथा २५ वर्षभित्र प्रतिव्यक्ति आय १२ हजार १ सय डलर पुर्याउने बढेको जानकारी दिए ।

प्रमुख प्रतिपक्षी दलका नेता जीवनवहादुर शाहीले कर्णाली प्रदेशलाई सुखारी बनाउने भनेको सडक भएको वताउँदै जिल्ला सदरमुकामसम्म सडक नै नपुगेको वेला जलमार्ग, हिमाली एअरपोर्ट, विद्युतीय रेलमार्ग जस्ता योजनाहरु काल्पनिक देखिने धारणा राखे ।

कमेन्ट गर्नुहोस्