अमेरिकाको हस्टनमा शक्तिशाली विस्फोट

एजेन्सीः अमेरिकाको टेक्ससस्थित हस्टनमा शक्तिशाली विस्फोट भएको छ । विस्फोटस्थल नजिकैका घरका झ्यालहरु कम्पनका कारण चर्किएका प्रहरी र स्थानीयबासीले बताएका छन् । घटनास्थलबाट आगोको मुस्लो उठेको छ भने त्यसतर्फ प्रहरी र उद्धारकर्मी पुगेका छन् ।

घटनाको यकिन विवरण आइसकेको छैन । सहरको उत्तरपश्चिम क्षेत्रमा पर्ने गेस्नर रोडमा यस्तो विस्फोट भएको हो । घटनाबाट क्षतिबारे जानकारी आइसकेको छैन । तर प्रहरीलाई एलर्ट रहन आदेश दिइएको छ ।

स्थानीय मिडियाका अनुसार केही कम्पनीमा क्षति पुगेको छ । साथै केही घाइते भएका छन् । घटना स्थानीय समय अनुसार शुक्रबार बिहान ४ बजेर २५ मिनेट जाँदा भएको हो ।

कमेन्ट गर्नुहोस्