एक स्थानीय तह, एक नमूना विद्यालयः शिक्षामन्त्री पोखरेल

कञ्चनपुरः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले प्रत्येक स्थानीय तहमा कम्तिमा एउटा नमूना विद्यालय स्थापना गर्ने सरकारको नीति रहेको बताएका छन् ।

कञ्चनपुरको बेलौरी नगरपालिका–५, मा आयोजित कार्यक्रममा मन्त्री पोखरेलले सरकारले ल्याएको नयाँ शिक्षा नीति कार्यान्वयनको चरणमा रहेको बताए ।

मन्त्री पोखरेलले सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर बढाउन सबैले सकारात्मक सोच विकास गर्नुपर्ने धारणा राखे ।

कमेन्ट गर्नुहोस्