‘सरकारलाई असफल बनाउन प्रतिगामी तत्व लागि परेका छन्’

सुर्खेतः गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सरकारलाई असफल बनाउन प्रतिगामी तत्व लागि परेको आरोप लगाएका छन् । मन्त्री थापाले नेकपाको सरकारविरुद्ध यो या त्यो बहानामा सरकारविरुद्ध भ्रम सिर्जना गर्न र जनतामा निराशा छर्न प्रतिगामी तत्व लागि परेको आरोप लगाए ।

प्रदेशस्थरीय सुरक्षा गोष्ठीमा सहभागी हुने सुर्खेत पुगेका गृहमन्त्री थापाले कर्णालीबाट राष्ट्रियसभा सदस्य पदमा निर्वाचितका लागि नेकपा सुर्खेतले राखेको बधाई कार्याक्रममा बोल्दै यस्तो बताएका हुन्। उनले भने, ‘प्रतिगामी तत्वले केही पनि विकास भएन, दुईतिहाइको सरकारले केही गरेन, भनेर आधारहीन भ्रम फैलाइरहेको छ ।’

अहिले प्रतिगमी शक्ति छटपटछाइरहेको र नेकपा पार्टी तथा सरकारविरुद्ध निरन्तर आक्रमण भइरहे पनि सरकार सबै भ्रम चिर्दै अगाडि बढिरहेको बताए। उनले पार्टी एकता प्रक्रिया ढिला हुनुमा पनि प्रतिगामी शक्तिको चलखेलले काम गरेको बताए। नेकपाको सरकार अहिले समाजवादी कार्यादिशा लिएर बढेको र समाजवादको आधार तयार पार्नका लागि सरकारले विकासका कामलाई तीव्रता दिएको बताए।

कमेन्ट गर्नुहोस्