उखुकाे भुक्तानी दिन थालेपछि इन्दू मिलमा किसान आकर्षित

सर्लाहीः सर्लाहीको इन्दुशंकर चिनी उद्योगले निरन्तर किसानको पसिनाको कमाई भुक्तान गरिरहेको छ । उद्योगबाट निरन्तर भुक्तानी भएपछि अन्य जिल्लाका किसानसमेत आकर्षित हुन थालेका छन् ।

आफ्नो पसिनाको कमाई नपाएर किसानले १० दिन काठमाडौंमा रात गुजारे । सरकारले आन्दोलन स्थगित गर्न पाँच बुँदे सम्झौता समेत गरेको छ । अहिले इन्दुशंकर चिनी उद्योग भने सबै किसानको लागि भगवान बनिरहेको छ ।

पहिलो चरणमा २१ करोड ८० लाख भुक्तानी गरेर अहिलेको अवस्थामा मिलले किसानलाई केही राहत दिएको छ ।

पुस ११ गतेबाट उखु क्रसिङ सुरु गरेको इन्दुशंकरले हाल सम्म ८ लाख १० हजार कुन्टल उखु क्रसिङ समेत गरेको छ । उद्योगले समयमै भुक्तानी दिने गरेकै कारण सर्लाही सहित आसपासका जिल्ला धनुषा महोत्तरी,रौतहट र बाराका किसान समेत मिलमा आकर्षित भएका छन् ।

भगिरथ प्रयास गर्दा पनि लाखौं रकम पाउन नसकिरहेका किसानका लागि इन्दुशंकर मिलको यो प्रयास सराहनीय छ । तर, पीडित किसान सरकारले दिने भनेको अनुदान समेत नपाएकोमा भने अझै दुःखी छन् ।

सर्लाही मुलुकमै सबैभन्दा बढी उखु खेती हुने जिल्ला हो

कमेन्ट गर्नुहोस्