चारवटा स्मार्ट सिटीको डीपीआर तयार हुँदै काठमाडौं उपत्यकामा

काठमाडौंः उपत्यकामा प्रस्तावित चारवटा ‘स्मार्ट सिटी’ को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ ।

उपत्यकाका तीन जिल्लामध्ये भक्तपुरमा प्रस्तावित स्मार्ट सिटी ‘काठमाडौं इशान’ र ‘काठमाडौं आग्नेय’, ललितपुरमा प्रस्तावित स्मार्ट सिटी ‘काठमाडौं नैऋत्य’, काठमाडौंको उत्तरी क्षेत्रमा प्रस्ताव गरिएको स्मार्ट सिटी ‘काठमाडौं उत्तर’को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको हो ।

याे पनि पढ्नुस  काठमाडौं उपत्यकामा आज १६२२ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख भाइकाजी तिवारीले प्रस्तावित चारवटै स्मार्ट सिटीको ‘डीपीआर’ भइसकेको जानकारी दिए ।

तिवारीले सहरी विकासमन्त्री गोकुलप्रसाद बाँस्कोटासमक्ष मङ्गलबार ‘डीपीआर’बारे प्रस्तुतीकरण गरे । तिवारीका अनुसार प्रस्तुतिपछि मन्त्री बाँस्कोटाबाट स्मार्ट सिटी आयोजनालाई तीव्र्रता दिन निर्देशन भएको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

कमेन्ट गर्नुहोस्