हङकङबाट नेपाल आएका अर्का एक व्यक्तिमा पनि कोरोना संक्रमणको शंका

काठमाडौंः हङकङबाट आएका अर्का एक व्यक्तिमा पनि नोवल कोरोना संक्रमण भएको आशंका गरिएको छ । विशेष निगरानीमा शुक्रबारदेखि टेकु अस्पतालमा राखिएको उनको र्याल र रगतको नमुना परीक्षणका लागि विदेश पठाउने तयारी गरिएको छ । भाइरसको संक्रमण देखिएपछि निगरानीका साथै विस्तृत अध्ययन गरिरहेको इपिडीमियोलोजी तथा रोेग नियन्त्रण महाशाखाले जनाएको छ । यो खबर आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।

कसरी बच्ने?

नियमित साबुन पानीले हात धुने
फ्लुजस्तो लक्षण देखिएमा चिकित्सकसँग परामर्श लिने
जंगली तथा घरेलु पशुपन्छीको सम्पर्कबाट टाढा रहने
खोक्दा र हाछ्युँ गर्दा नाक र मुख छोप्ने
फ्लुको लक्षणबाट टाढा रहने मासु अण्डा राम्रोसँग पकाएर खाने

 

कमेन्ट गर्नुहोस्