यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौंः शनिबार देशका केही स्थानमा आंशिक बदली भए पनि देशभरको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल नेपालमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । तर स्थानीय वायुको प्रभावका कारण केही क्षेत्रमा आंशिक बदली तथा तराईका क्षेत्रमा हुस्सु तथा कुहिरो लागेको छ।

पूर्वी तथा पश्चिम पहाडी भूभागका केही स्थानमा आंशिक बदली रहेको छ। बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको मौसमविदले बताएका छन् ।

 

कमेन्ट गर्नुहोस्