टेलिभिजन अभिनेत्री सेजल शर्माले गरिन् आत्महत्या

काठमाडौंः भारतीय टेलिभिजन अभिनेत्री सेजल शर्माले आत्महत्या गरेकी छन् । प्रहरीका अनुसार उनले शुक्रबार आत्महत्या गरेकी हुन् । प्रहरीले उनको घरबाट ‘सुसाइड नोट’ पनि फेला पारेको छ । सेजल शर्मा स्टार प्लसको सिरियल ‘दिल तो ह्याप्पी हे जी’मा अन्तिम पटक देखिएकी थिइन् ।

सिरियालमा सेजलले सिम्मी खोसलाको भूमिका निभाएकी थिइन्, जो मुख्य पात्रको बहिनीको भूमिका हो । प्रहरी इन्स्पेक्टर सन्दीप कदमले सेजल शर्माको घरमा सुसाइड नोट प्राप्त भएको र त्यसमा नीजि कारणले आत्महत्या गर्नुपरेको लेखिएको बताए । सेजलले सिरियल अघि भीवो मोबाइल र उषा पंखाजस्ता ब्राण्डका विज्ञापनमा अभिनय गरिसकेकी छन् । भीवोका विज्ञापनमा उनी आमिर खानसँग देखिइएकी थिइन् भने उषा पंखाको विज्ञापनमा उनी किक्रेटर रोहित शर्मा र हार्दिक पाण्डेसँग देखिएकी थिइन् ।

यस अतिरिक्त सेजल शर्मा ‘आजाद परिन्दे’ नामक वेब सिरिजमा पनि काम गरिसकेकी छन् । उनले पहिलो पटक मोटोरोलाको विज्ञापनमा काम गरेर यस क्षेत्रमा प्रवेश गरेकी थिइन् । राजस्थानको उदयपुरमा स्थायी घर भएकी सेजल शर्माको मृत्युमा विभिन्न टीभी कालाकारले शोक प्रकट गरेका छन् । केही हप्ता अघि टीभी अभिनेता कुशल पन्जाबीले पनि आत्महत्या गरेका थिए ।

 

कमेन्ट गर्नुहोस्