बीबीएलः डिभिलियर्सको टिमविरुद्ध कस्तो रह्यो सन्दीपको दोस्रो ओभर?

काठमाडौंः अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) अन्तर्गत मेलबर्न स्टार्समा आवद्ध नेपाली लेग स्पिनर सन्दीप लामिछानेले ब्रिसबेन हिटविरुद्ध आफ्नो दोस्रो ओभरमा पनि ३ रन मात्र दिएका छन् ।

उनले आफ्नो पहिलो ओभरमा पनि ३ रन मात्र खर्चिएका थिए । सन्दीपले २ ओभर बलिङ गर्दा बिनाविकेट ६ रन मात्र दिएका छन् ।

आज मेलबर्नले टस हारेर बलिङको मौका गरिरहेको हो । ‘प्लेअफ’मा स्थान बनाउन ब्रिसबेनलाई आजको खेल जित्नैपर्ने दबाब छ ।

मेलबर्न यसअघि नै १प्लेअफ’मा पुगिसकेको छ । उसले १३ म्याच खेल्दा २० अंक जोडेको छ । जारी बीबीएलमा मेलबर्नले १३ खेलमा ३ म्याचमा मात्र हारको सामना गर्नु परेको छ । मेलबर्नले २ पटक एडिलेड स्टाइकर्स र एकपटक सिड्नी सिक्सर्सविरुद्ध मात्र हार बेहोरेको छ ।

कमेन्ट गर्नुहोस्