बीबीएलः सन्दीपको टिमविरुद्ध डिभिलियर्सको शानदार अर्धशतक

काठमाडौंः अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) अन्तर्गत मेलबर्न स्टार्सविरुद्ध ब्रिसबेन हिटमा आवद्ध एबी डिलिभियर्सले शानदार अर्धशतक बनाएका छन् । उनले ४ छक्का र २ चौका प्रहार गर्दै अर्धशतक बनाएका हुन् । जारी बीबीएलमा डिभिलियर्सको यो पहिलो अर्धशतक हो ।

 इतिहास रच्नबाट चुके सन्दीप

अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) खेलिरहेका नेपाली लेग स्पिनर सन्दीप लामिछाने आज पनि इतिहास रच्नबाट चुकेका छन् । मेलबर्न स्टार्समा आवद्ध सन्दीपले आज ब्रिसबेन हिटविरुद्ध ४ ओभरमा महत्वपूर्ण १ विकेट लिएर १६ रन मात्र खर्चिए ।

यदि आज सन्दीपले २ विकेट लिन सकेका भए टी–२० क्रिकेटमा एक सय विकेट पूरा गर्ने थिए । उनले आजको विकेटसँगै टी–२० मा ९९ विकेट पूरा गरेका छन् ।

सन्दीपले आज क्रिस लिनलाई ३४ रनमा आउट गर्न सफल भए । उनले ४ ओभर बलिङ गर्दा एउटा पनि चौका–छक्का दिएनन् । ‘प्लेअफ’मा स्थान बनाउन ब्रिसबेनलाई आजको खेल जित्नैपर्ने दबाब छ । मेलबर्न यसअघि नै ‘प्लेअफ’मा पुगिसकेको छ । उसले १३ म्याच खेल्दा २० अंक जोडेको छ ।

जारी बीबीएलमा मेलबर्नले १३ खेलमा ३ म्याचमा मात्र हारको सामना गर्नु परेको छ । मेलबर्नले २ पटक एडिलेड स्टाइकर्स र एकपटक सिड्नी सिक्सर्सविरुद्ध मात्र हार बेहोरेको छ ।

कमेन्ट गर्नुहोस्