मदनकृष्णले छोरी सरानासँग गाए ‘पानी छाया’ (भिडिओसहित)

काठमाडौंः वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठकी छोरी सराना श्रेष्ठलले गीत ‘पानी छाया’ ल्याएकी छन् । राजधानीमा एक कार्यक्रमको बीच गीत सार्वजनिक गरिएको छ ।

मदनकृष्ण र सरानासँगै हरिवंश आचार्य, राजेन्द्र थापा, दीपाश्री निरौला, केदार घिमिरे लगाायतको उपस्थिति रहेको कार्यक्रममा गीतको भिडियो पनि देखाइएको थियो । भिडियोमा मदन र सरानासँगै केविश पाण्डे, आर्शिना भट्टराईको अभिनय रहेको छ । भिडियोलाई सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् ।

गीत गायनमा सरानालाई उनका पिता मदनकृष्णले पनि साथ दिएका छन् । गीतमा राजेन्द्र थापाको शब्द, राजनराज शिवाकोटीको संगीत रहेको छ ।

कार्यक्रममा मदन कृष्ण श्रेष्ठले छोरीको स्वर सफा, शब्द उच्चारण क्लियर रहेको बताउँदा हरिवंश आचार्यले सरानाको अभिनय र गायनमा राम्रो सम्भावना रहेको बताए ।

कमेन्ट गर्नुहोस्