वेष्ट इन्डिजका स्टार क्रिकेटर स्मिथले भैरहवाबाट इपीएल खेल्ने

काठमाडौंः वेष्ट इण्डिजका अनुभवी क्रिकेटर ड्वेन स्मिथले एभरेष्ट प्रिमियर लिग (इपीएल) खेल्ने भएका छन् । उनलाई भैरहवा ग्लाडिएटर्सले अनुबन्ध गरेको हो ।

२६ वर्षीय स्मिथले आफू नेपाल आउन आतुर रहेको बताएका छन् । उनले भने, ‘मैले नेपाल र त्यहाँको भौगालिक सुन्दरताबारे धेरै सुनेको छु । म त्यहाँ जान निकै आतुर छु ।’

भैरहवाका कप्तान शरद भेषावकरले लामो समयसम्म वेष्टइण्डिज र आईपीएल क्रिकेटको पावर हाउसका रुपमा रहेका स्मिथले आफ्नो कप्तानीमा खेल्न लागेकोमा खुसी व्यक्त गरेका छन् ।

कमेन्ट गर्नुहोस्