बिग बास लिगः सन्दीपले पाए ब्याटिङको मौका

काठमाडौंः अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) मा ब्रिसबेन हिट विरुद्धको खेलमा मेलबर्न स्टार्समा आवद्ध सन्दीप लामिछानेले १ रनमा आउट भएका छन् । उनी १४.१ ओभरमा व्यक्तिगत १ रनमा क्याच आउटको सिकार भए । सन्दीपले जारी बीबीएलमा पहिलोपटक ब्याटिङको मौका पाएका थिए ।

आज मेलबर्नले निकै खराब खेलेको छ । उसले १५ ओभरमा ९ विकेट गुमाएर ९९ रन बनाएको छ । यसअघि टस जितेर ब्याटिङ रोजेको ब्रिसबनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८६ रन बनायो ।

उसका लागि एबी डिभिलियर्सले शानदार ब्याटिङ गरे । उनले ३७ बलमा ६ छक्का र २ चौकाको मद्दतमा ७१ रन बनाए । यस्तै कप्तान क्रिस लिनले ३४, बेन कटिङले २२, साम हिजलेटले १८, र मार्नस लाबुशानेले अविजित २४ रनको योगदान दिए ।

बलिङमा मेलबर्न स्टार्सका एडम जम्पाले ३, सन्दीप लामिछाने र दिलबार हुसेनले एक–एक विकेट लिए ।

कमेन्ट गर्नुहोस्