बिग बास लिगः सन्दीपआवद्ध मेलबर्नको लगातार तेस्रो हार

काठमाडौंः अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) अन्तर्गत ब्रिसबेन हिटविरुद्ध नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध मेलबर्न स्टार्स ७१ रनले पराजित भएको छ । मेलबर्नको यो लगातार तेस्रो हार हो ।

ब्रिसबेनले दिएको १ सय ८७ रनको लक्ष्य पछ्याएको मेलबर्नले १७.४ ओभरमा सबै विकेट गुमाएर १ सय १५ रन मात्र बनाउन सक्यो ।

उसका लागि पीटर ह्यान्सकम्बले सर्बाधिक २७ रन बनाए । यसअघि टस जितेर ब्याटिङ रोजेको ब्रिसबनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८६ रन बनायो ।

बलिङमा ब्रिसबेनका मिचेल स्वीपसनले ३, मुजीउर रहमान, जेम्स प्याटिनसनले २–२ र बेन लाफलिनले एक विकेट लिए ।

उसका लागि एबी डिभिलियर्सले शानदार ब्याटिङ गरे । उनले ३७ बलमा ६ छक्का र २ चौकाको मद्दतमा ७१ रन बनाए ।

यस्तै कप्तान क्रिस लिनले ३४, बेन कटिङले २२, साम हिजलेटले १८, र मार्नस लाबुशानेले अविजित २४ रनको योगदान दिए ।

बलिङमा मेलबर्न स्टार्सका एडम जम्पाले ३, सन्दीप लामिछाने र दिलबार हुसेनले एक–एक विकेट लिए ।

कमेन्ट गर्नुहोस्