दोस्रो खेलमा बाबर–अफिजको शानदार अर्धशतक, पाकिस्तानले जित्यो टी–२० सिरिज

काठमाडौंः बंगलादेश विरुद्धको टी–२० क्रिकेट सिरिज घरेलु टोली पाकिस्तानले एक खेल अगावै जितेको छ । आज बंगलादेशलाई ९ विकेटले हराउँदै पाकिस्तानले एक खेल अगावै सिरिज २–० ले जितेको हो ।

बंगलादेशले दिएको २ सय ३८ रनको लक्ष्य पाकिस्तानले १६.४ ओभरमा १ विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि कप्तान बाबर आजम र मोहम्मद अफिजले अर्धशतक बनाए । बाबरले ४४ बलमा ७ चौका र एक छक्का प्रहार गर्दै अविजित ६६ र अफिजले ४९ बलमा ९ चौका र १ छक्का हिर्काउँदै नटआउट ६७ रनको योगदान दिए ।

बलिङमा बंगलादेशका सफिउल इश्लामले एक विकेट लिए । यसअघि टस जितेर ब्याटिङ रोजेको बंगलादेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३६ रन बनायो । उसका लागि तमिम इकबालले सर्बाधिक ६५ रन बनाए ।

बलिङमा पाकिस्तानका मोहम्मद हसनैनले २, हरिस रौफ, शाहीन शाह अफ्रिदी र सादब खानले एक–एक विकेट लिए । पाकिस्तान र बंगलादेशबीचको टी–२० सिरिजको अन्तिम म्याच सोमबार हुनेछ ।

कमेन्ट गर्नुहोस्