अमेरिका बस्दै आएका मोडल पन्त म्युजिक भिडियोमा अभिनय गर्न नेपाल आउँदै

काठमाडौंः अमेरिका निवासी मोडल पुष्कर पन्त म्युजिक भिडियोमा अभिनय गर्न नेपाल आउने भएका छन् । हिन्दी चलचित्रमा समेत आफ्नो गीति लेखन सुरु गरिसकेका पन्त आफ्ना दुई वटा नयाँ गितमा आफै अभिनय गर्न नेपाल आउन लागेका हुन् ।

आफ्नै शब्द रचनामा ‘लगन’ र ‘वनकी चरी’मा उनले मोडलिङ गर्न लागेका हुन् । ‘लगन’मा गायक बिरेन्द्र श्रेष्ठ र चर्चित गायिका टिका प्रसाईको स्वर तथा राहुल प्रधानको संगीत रहेको छ भने ‘वनकी चरी’मा गायक शंकर तथा र गायिका मेलिना राइको स्वर तथा शंकर थापाको नै संगीत रहेको छ । अब आउने नयाँ गीतले सम्पूर्ण नेपाली संगीत प्रेमीहरुको मन मुटुमा बस्न सफल हुनेमा गीतकार पुष्कर पन्त ढुक्क छन् ।

डेढ दशकदेखि अमेरिकामा बसेर नेपाली कलाकारितालाई माया गर्दै आएका उनी पछिल्लो समय गीतकारको रुपमा समेत चर्चित बनेका छन् । कलाका पन्त अभिनय क्षेत्रमा विशेष गरि हाँस्यव्यङ्ग विधाका कलाकार हुन् । उनी विगत २५ बर्षदेखि नेपाली कला क्षेत्रमा संलग्न छन् । तितो सत्य, जिरे खुर्सानी, ट्वाक्क टुक्क, प्रहरी अनुरोध, काउकुति लगायत अन्य धेरै चर्चित नेपाली हाँस्य श्रृङ्खलाहरुमा अभिनय गरेका पन्तले नेपाली चलचित्र ‘ठूली’ निर्माण गरेका थिए ।

सर्जक पुष्कर पन्तले यसअघि नै कविता सङ्ग्रह ‘नेपालदेखि अमेरिकासम्म’ बजारमा ल्याइसकेका छन् ।

कमेन्ट गर्नुहोस्