आइपीएल अक्सनमा नबिकेका ३ क्रिकेटर, जो बीबीएलमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन्!

डार्सी शर्टः अष्ट्रेलियन अलराउन्डर डार्सी शर्ट केही महिना अघि कोलकातामा सम्पन्न आइपीएल अक्सनमा बिकेका थिएनन् । उनले एक करोड बेस प्राइसका साथ अक्सनमा नाम दर्ता गराएका थिए ।

आइपीएल अक्सनमा नबिके पनि जारी बिग बास लिग (बीबीएल) मा डार्सी शानदार प्रदर्शन गरिरहेका छन् । उनले बीबीएलमा ७ म्याच खेल्दा ४१.३३ को औसतमा २४५ रन बनाइसकेका छन् । यसक्रममा डार्सीले एक शतक र २ अर्धशतकसमेत बनाएका छन् ।

बलिङमा पनि उनले ७ विकेट लिइसकेका छन् । डार्सीले एक म्याचमा त ५ विकेट लिएका थिए । लगातारको शानदार प्रदर्शनका बाबजुत उनी आइपीएल अक्सनमा भने उनी बिक्री हुन् सकेनन् । जारी बीबीएलमा डार्सी होबार्ट हरिकेन्सबाट खेलिरहेका छन् ।

एलेक्स हेल्सः विस्फोटक इंग्लिश ब्याट्सम्यान एलेक्स हेल्स जारी बीबीएलमा शानदार प्रदर्शन गरिरहेका छन् ।

सिड्नी थन्डरका ओपनर एलेक्सले १३ म्याचमा ४ अर्धशतकका साथ ४ सय २ रन बनाइसकेका छन् । उनी हालै सम्पन्न आइपीएल अक्सनमा एक करोड बेस प्राइसका साथ आएका थिए । तर, हेल्सलाई पनि कुनै पनि टीमले अनुबन्ध गरेन । उनले २०१८ को सिजनमा सनराइजर्स हैदराबादबाट आइपीएल खेलेका थिए ।

शन मार्शः मार्शले आइपीएलको पहिलो सिजनमा सर्बाधिक रन बनाए थिए । र, उनले ‘अरेन्ज क्याप’ पनि पाएका थिए । तर, आइपीएल २०२० को अक्सनमा भने मार्शमाथि कुनै पनि टीमले बोली लगाएन ।

अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) मा उनी अहिले शानदार लयमा देखिएका छन् । मार्शले १२ म्याचमा ३ अर्धशतकका साथ ४ सय ४९ रन बनाइसकेका छन् । मार्श योपटक मेलबर्न रेनेगेड्सको टीमबाट बीबीएल खेलिरहेका छन् ।

कमेन्ट गर्नुहोस्