घुस लिएको आरोपमा इन्जिनियर अख्यितारको फन्दामा

काठमाडौंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिन्धुलीमा कार्यरत एक इन्जिनियरलाई घुस लिएको आरोपमा नियन्त्रणमा लिएको छ । आयोगको टोलीले सिन्धुलीको घ्याङलेख गाउँपालिकामा कार्यरत इन्जिनियर दिलीपकुमार साहलाई दुई लाख २६ हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ गरेको हो ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार गाउँपालिकाका विभिन्न वडामा ट्रान्सफर्मर जडानको विद्युतीकरण सम्बन्धी कार्य सम्पन्न गरी भुक्तानी लिने क्रममा शाहले सेवाग्राहीबाट घुस लिएका हुन् ।

सिन्धुलीको कमलामाई नगरपालिका वडा नं ६, स्थित श्रेष्ठ तन्दुरी एण्ड गेष्ट हाउस अगाडि नियन्त्रणमा लिइएको हो । उनीसँग एक लाख साठी हजार र ७० हजार रुपैयाँको दुईवटा चेकसँगै नगद ३५ हजार रुपैयाँ नगद बरामद गरी अनुसन्धान गरिरहेको आयोगले जनाएको छ ।

कमेन्ट गर्नुहोस्