भोजपुरी गीतमा नायिका केकी अधिकारी (भिडियोसहित)

काठमाडौंः भोजपुरी लोकप्रिय गायिका इन्दु सोनालीको स्वरमा भोजपुरी गीत ‘हमनिके भागिया’ को म्युजिक भिडियो सार्बजनिक भएको छ । दर्जनौ चर्चित भोजपुरी गीतहरुमा आफ्नो जादुमय आवाज भर्न सफल गायिका इन्दु सोनाली बलिउडमा समेत प्रख्यात छिन् ।

उपेन्द्र सहानीको शब्दमा सुप्रशिद्ध संगीतकार शिखर सन्तोषको संगीत रहेको भोजपुरी गित ‘हमनिके भागिया’ को म्युजिक भिडियोलाई आलोक शुक्लाले छायांकन गरेका हुन् भने निर्देशक पुर्णेन्द्रु झाले निर्देशन गरेका छन् ।

सार्बजनिक भिडियोमा लोकप्रिय नायिका केकी अधिकारी र बिजय यादब निर्बिजको शसक्त अभिनय रहेको छ भने म्युजिक भिडियोको परिकल्पनाकार तथा निर्माता प्रभु शाह रहेका छन् । सुप्रशिद्ध संगीतकार शिखर सन्तोषले चर्चित भोजपुरी चलचित्र, दर्जनौ भोजपुरी गित तथा बलिउडका चर्चित गायक गायिकाहरुको लागि संगीत भरिसकेका छन् ।

कमेन्ट गर्नुहोस्