कोहलीले तोड्न सक्लान् सचिनका ३ कीर्तिमान?

काठमाडौंः विराट कोहली अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गर्दा उनलाई सचिन तेन्दुलकरको उत्तराधिकारीको रुपमा हेरिएको थियो । अहिले कोहली उच्च फर्ममा पनि रहेका छन् । सचिन र कोहली अलग–अलग समयमा आफ्नै तरिकाले क्रिकेट पनि खेल्दै आएका छन् ।

भारतीय कप्तान कोहलीले पछिल्लो ६ वर्षमा सवै फरम्याटमा उत्कृष्ट प्रदर्शन गरेका छन् । उनी सचिनले बनाएका रेकर्डहरु तोड्ने संघारमा पुगेको भारतीय सञ्चारमाध्यमहरुले बेला बखत चर्चा पनि गर्दै आएका छन् ।

१. सबैभन्दा बढी एक दिवसीय शतक

विराट कोहलीले करियरमा अहिलेसम्म २४२ एकदिवसीय क्रिकेट खेल्दै ४३ शतक बनाएका छन् । सचिनले एक दिवसीयमा ४९ शतक बनाएका छन् । जुन सर्वाधिक शतकको रेकर्ड पनि हो । कोहलीसँग यो वर्ष अर्थात सन् २०२०मा सचिनको शतकको रेडर्क ब्रेक गर्न सक्ने समय रहेको छ ।

याे पनि पढ्नुस  आज फेरि मैदानमा भिड्दै सचिन र लारा

कोहलीले २०१९ मा एक दिवसीय क्रिकेटमा रनको हिसाबले सफल नभए पनि जम्मा ५ वटा शतक बनाएका थिए । यदि उनले २०२० मा आफ्नो लयलाई कायमै राख्न सके सचिनले बनाएको शतकको रेकर्ड आफ्नो नाममा गर्ने छन् । त्यसका लागि अब कोहलीलाई ७ शतकको आवश्यकता छ । यस्तो भएमा सचिन भन्दा धेरै कम म्याचमा उनले यो रेकर्ड कायम गर्न सक्ने छन् ।

याे पनि पढ्नुस  वानडे सिरिजः विराट र बुमराहले बनाए खराब कीर्तिमान!

२. तिव्र गतिमा १२ हजार रन

एक दिवसीय क्रिकेटको इतिहासमा अहिलेसम्म पाँच जना ब्याट्सम्यानले मात्रै १२ हजार बढी रन बनाएका छन् । यो उपलब्धि हासिल गर्दा सचिनले सर्वाधिक चाँडो गरेका थिए । यो रनको आँकडा पार गर्नका लागि सचिनलाई ३०० पारि आवश्यक परेको थियो । अरु चार जना खेलाडीले ३०० भन्दा धेरै पारिमा गरेर पुरा गरेका थिए । यस्तोमा भारतीय कप्तान कोहलीले २३३ पारिमा ११ हजार ६ सय ९ रन बनाइसकेका छन् । १२ हजार रन पुरा गर्नका लागि ३९१ रनको आवश्यकता रहेको छ ।

याे पनि पढ्नुस  वानडे सिरिजः टस हारेर ब्याटिङ गर्दै भारत, प्लेइङ ११ मा को–कोले पाए मौका?

३. घरेलु मैदानमा सर्वाधिक शतक

भारतीय टिमका वर्तमान कप्तान विराट कोहलीले अहिलेसम्म एक दिवसीय क्रिकेटमा लगाएका ४३ शतक मध्ये १९ शतक घरेलु मैदानमा बनाएका छन् । तेन्दुलकरले सर्वाधिक एक दिवसीय शतक बनाउँदा २० शतक भारतीय मैदानमा बनाएका थिए । यो रेकर्ड बराबरी गर्नका लागि कोहलीलाई १ शतकको आवश्यकता छ भने तोड्नका लागि २ शतक बनाउनु पर्ने छ । भारतीय भूमिमा यस वर्ष धेरै एक दिवसीय क्रिकेट रहेकाले पनि कोहलीबाट यो रेकर्ड तोडिने विश्वास गरिएको छ । नेप्लिजबाट साभार

कमेन्ट गर्नुहोस्