कोरोना भाइरस नियन्त्रणका लागि प्रयास गरेको भन्दै ट्रम्पले दिए सीलाई धन्यवाद

एजेन्सीः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई कोरोनाभाइरस नियन्त्रणका लागि उनको देशले उठाएको कदमको लागि धन्यवाद दिएका छन् ।

‘चीनले कोरोनाभाइरस नियन्त्रण गर्ने धेरै मेहनत गरिरहेको छ,’ ट्रम्पले ट्वीटरमा पोष्ट गरेका छन्, ‘चिनियाँ सरकारको प्रयास र पारदर्शीतालाई धेरै अमेरिका सराहना गर्छ । यसले राम्रो नतिजा देखाउनेछ । विशेषत, अमेरिकी जनताको पक्षबाट म राष्ट्रपति सीलाई धन्यवाद दिन चाहन्छु ।’

विज्ञका अनुसार चीनले कोरोनाभाइरसको प्रकोपविरुद्ध सन् २००२ मा फैलिएको सार्स प्रकोपको समयमा भन्दा बलियो र पारदर्शी कदम चालेको छ ।

रोगलाई नियन्त्रण गर्ने प्रयासमा चीनले शुक्रबार उहानमा एउटा पूर्ण नयाँ हजार बेडको अस्पताल निर्माण सुरु गरेको छ । चीनभर १५ सहरमा यातायात प्रतिबन्ध लगाइएको छ ।

बुधबार एक अन्तरवार्तामा ट्रम्पले भाइरस नियन्त्रणमा आइसकेको हुनसक्ने बताएका थिए । उनले चिनियाँ सरकार रोगलाई लिएर पारदर्शी रहेको विश्वास व्यक्त गरे ।

‘हामीले सम्पूर्ण कुरा नियन्त्रणमा लिएका छौं । सबै राम्रो हुनेछ,’ ट्रम्पले सीएनबीसीका जो करनेनलाई भने ।

शुक्रबार भाइरसको डरका कारण विश्वका कैयौँ स्टक बजारका सूचकमा ह्रास आएको थियो ।

कोरोना भाइरसले विकराल रुप लिँदा संक्रमणका कारण हालसम्म ५६ को मृत्यु भइसकेको छ भने २ हजारमा रोग पहिचान भइसकेको छ ।

कमेन्ट गर्नुहोस्