सी.एम.जी क्लब सेमीफाइनल प्रवेश

काठमाडौंः आसामको सिल्चरमा जारी अन्तर्राष्ट्रिय भेट्रान फुटवल प्रतियोगितामा नेपालको सी.एम.जी क्लब विजयी भएको छ ।

आइतबार भएको दोस्रो खेलमा सी.एम.जी क्लबले आसामको त्रिपुरा भेट्रान क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै अपराजित यात्रालाई निरन्तरता दिएको हो ।

आइतबार भएको खेलको पहिलो हाफको ९औं मिनेटमा सी.एम.जी क्लबको तर्फबाट जर्सी नम्बर ५ का सुमन केसी ले पहिलो गोल गर्दै क्लब लाई अग्रता दिलाए । त्यसको २ मिनेटपछि जर्सी नम्बर १० का महेन्द्र खवासले गोल गर्दै टिमलाई २–० को अग्रतामा ल्याए ।

अत्यन्त प्रतिस्पर्धात्मक खेलमा मध्यान्तरपछिको १०औं मिनेटमा त्रिपुराले पेनाल्टीको अबसरलाई सदुपयोग गर्दै गोल अन्तर २–१ बनाएको थियो । त्यसको १ मिनेट नबित्दै सी.एम.जी क्लबको तर्फबाट जर्सी नम्बर १७ का रमेस बस्नेतले महेन्द्र खवासको पासमा उत्कृष्ट गोल गर्दै टिमलाई ३–१ को फराकिलो जित दिलाए ।

यो जितसँगै सी एम जी क्लब ६ अंकका साथ प्रतियोगिताको सेमीफाइनल प्रवेश गर्न सफल भएको छ ।

कमेन्ट गर्नुहोस्