नयाँ खुलासाः मृत्युपछि पनि सुरक्षित हुन्छ पुरुष वीर्य

काठमाडौं, एउटा नयाँ अध्ययनले मानिसको मृत्युपछि पनि शुक्रकीट सुरक्षीत रहने बताएको छ ।
जर्नल अफ मेडिकल इथिक्समा प्रकाशित एक लेखमा वैज्ञानिकहरुले मानिसको मृत्युपछि उसका शुक्राणुहरुलाई स्पर्म बैंकमा जम्मा गर्न सकिने बताएका हुन ।

मृत्यु भएको ४८ घण्टासम्म सुरक्षित रहने भएकोले यो अवधिमा सुरक्षित राख्न सकिएमा गर्भाधारण गर्न सकिने समेत उनीहरुले जनाएका छन् ।

मृत्युपछि शुक्राणु दान गर्ने अनुमति समेत प्रदान गरिनुपर्ने उनीहरुको जिकीर छ ।

यो अध्ययनमा ब्रिटेनको लेष्टर विश्वविद्यालयका डाक्टर नाथन हाडसन र म्यानचेस्टरस्थित एउटा सरकारी अस्पतालका डाक्टर जोशुआ पार्कर सहभागी थिए । उनीहरुले शुक्राणुहरुलाई एकत्रित गर्ने विधिलाई अंगदान जस्तै सम्झिनुपर्ने बताएका छन् ।
यदि कुनै व्यक्तिले बिमारीसँग लडिरहेको अन्य व्यक्तिलाई जीवनदान दिन आफ्ना अंग दान गर्न सक्छट भने बाँझोपनाबाट पीडित कुनै परिवारको मदद गर्न का लागि यसप्रकार किन डोनेशन गर्न नसक्ने भन्ने उनीहरुले प्रश्न समेत गरेका छन् ।
तर यस्तो अवस्थामा दाताको सहमति, परिवारको अनुमित, शुक्राणुदातको पहिचान गोप्य राख्ने जस्ता विषय के हुने भन्ने चिन्ता भने कायमै रहने देखिन्छ ।

कमेन्ट गर्नुहोस्