सर्वोच्‍चको मुद्दा स्थगित भएपछि सापकोटा सभामुख बन्‍ने पक्का

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटा प्रतिनिधिसभाको सभामुख हुने पक्का भएको छ ।

सभामुखको एकल उम्मेदवार सापकोटाविरुद्धको मुद्दा सर्वोच्चका न्यायाधीश हरि फुँयालले हेर्न नमिल्ने भएर स्थगित भएपछि सापकोटा सभामुख बन्ने पक्का भएको हो । पकोटाविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज हुने भनिएको सुनुवाइ सरेको छ । अब उक्त रिटको सुनुवाइ भोलि हुने सर्वोच्चले जनाएको छ।

सापकोटाविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले हालेका रिटमा सर्वोच्चका न्यायाधीस फुँयालले हेर्न नमिल्ने भएपछि दायर गरेको रिटमा अब अर्को पेशी तोकिने भएको छ । सर्वोच्च अदालतको न्यायाधीश नियुक्त हुनुअघि कानुन व्यवसायीका रूपमा बहस गरेकाले उनले मुद्दा हेर्न नमिल्ने भएको हो ।

आइतबारको पेशीमा उक्त मुद्दा फुँयालको एकल इजलासमा परेको थियो । सापकोटाविरुद्ध द्वन्‍द्वकालमा काभ्रेको दाप्चाको अर्जुन लामाको हत्या आरोप सर्वोच्चमा विचाराधीन छ । सभामुखको उम्मेदवारमा सापकोटाको एकल उम्मेदवारी परेको छ । आइतबार ३ बजे सभामुख निर्वाचनको लागि प्रतिनिधिसभाको बैठक डाकिएको छ ।

कमेन्ट गर्नुहोस्