सरकारी एम्बुलेन्समा गाँजा तस्करी, ३ पक्राउ

मकवानपुरः सरकारी एम्बुलेन्समा गाँजा तस्करी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । सो क्रममा ९१ हजार रुपैयाँ प्रहरीले बरामद भएको छ ।

पक्राउ पर्नेमा एम्बुलेन्स चालक रौतहटको डमुरिया नगरपालिकाका महम्मद खलिद, रौतहट डुमरियाका अशोक कुमार र भारत मोतिहारीका विनोद सहनी रहेका छन् ।

उनीहरूले रौतहटको डुमरिया नगरपालिकाको स्वास्थ्य चौकीको एम्बुलेन्स प्रयोग गरेर ३० किलो ६ सय ग्राम गाँजा तस्करी गरेका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीका अनुसार शनिबार बेलुका मकवानपुर उपमहानगरपालिका १९ बा २ झ १७४९ नम्बरको सरकारी एम्बुलेन्स चेकजाँच गर्दा गाँजा फेला परेको थियो ।

लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम दुईदेखि १० वर्षसम्म कैद र १५ हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना तथा सवारी साधनसमेत जफत हुने व्यवस्था छ ।

कमेन्ट गर्नुहोस्