खुर्सानीको धुलो छर्केर ५० लाख लुटपाट !

काठमाडौंः ५० लाख रुपैयाँ लुटपाट आरोपमा पक्राउ परेका ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा दाङ पुरन्धारा गाउँपालिका ९ खेप्ताङका बेदबहादुर भन्ने भीमबहादुर घर्तीमगरसहित ६ जना रहेका छन् ।

खुर्सानीको धुलो छर्केर ५० लाख लुटपाट गरेको आरोपमा पक्राउ परेका उनीहरूलाई आइतबार पत्रकार सम्मेलन गर्दै महानगरीय अपराध महाशाखाले सार्वजनिक गरेको हो ।

याे पनि पढ्नुस  सहकारीमा चोरी गर्ने दुई जना पक्राउ

प्रहरीका अनुसार पक्राउ परेकाहरूले काठमाडौं महानगरपालिका १५ भगवानपाउ बस्ने बच्चुराम गुरुङलाई खुकुरी र फलामको लठ्ठी देखाई आँखामा खुर्सानीको धुलो छर्किएर ५० लाख रुपैयाँ लुटपाट गरेका थिए ।

कमेन्ट गर्नुहोस्