कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौंः नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबारका लागि आह्वान गरिएको छ ।

पार्टी भित्र संस्थापन पक्ष र बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका बीच आगामी महाधिबेशनको कार्यतालिका र नेपाल बिद्यार्थी संघको तदर्थ समिति गठनका विषयमा विवाद भएपछि पौडेल पक्षले बहिस्कार गरेपछि अवरूद्ध भएको बैठक अनौपचारिक कार्यदलमार्फत् सहमति जुटेपछि पुनः बैठक बोलाइएको हो ।

याे पनि पढ्नुस  काँग्रेसलाई बलियो बनाउन सबै लागौंः नेता पौडेल

पार्टी सह–महामन्त्री डा. प्रकाशशरण महतले महाधिवेशनको मितिलाई यथावत राखी आवश्यकता अनुसार अन्य कार्यसूचीमा परिवर्तनका लागि सहमति भएको बताए ।

बैठक पार्टी मुख्यालय सानेपामा बस्ने छ ।

कमेन्ट गर्नुहोस्