टी–२० सिरिजः कप्तान कोहली पनि आज सस्तैमा आउट

काठमाडौंः टी–२० क्रिकेट सिरिजकाे दोस्रो खेलमा न्यूजिल्याण्डले दिएको १ सय ३३ रनको लक्ष्य पछ्याउने क्रममा भारतले सस्तैमा २ विकेट गुमाएको छ ।

भारतले दोस्रो विकेटका रुपमा कप्तान विराट कोहलीलाई गुमाएको हो । उनी आज व्यक्तिगत ११ रनमा आउट भए । उनलाई पनि टिम साउथीले आउट गरेका हुन् ।

यसअघि भारतले पहिलो विकेटका रुपमा रोहित शर्मालाई ८ रनमा गुमाउन पुग्यो । उनलाई पनि साउथीले क्याच आउट गराएका थिए । यो समाचार तयार पार्दासम्म भारतले ६ ओभरमा महत्वपूर्ण २ विकेट गुमाएर ४० रन बनाएको छ ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको घरेलु टोली न्यूजिल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ३२ रन बनायो । उसका लागि मार्टिन गुप्टिल, टिम सेफर्टले ३३–३३, कोलिन मुनरोले २४, रस टेलरले १८ र कप्तान केन विलियम्सनले १४ रन बनाए । बलिङमा भारतीय टीमका रवीन्द्र जडेजाले २, शिवम दुबे, जसप्रीत बुमराह र शार्दुल ठाकुरले एक–एक विकेट लिए ।

कमेन्ट गर्नुहोस्