टी–२० सिरिजः न्यूजिल्याण्ड विरुद्धको दोस्रो खेलमा पनि भारत विजयी

काठमाडौंः न्यूजिल्याण्डविरुद्धको टी–२० क्रिकेट सिरिजको दोस्रो खेलमा भारत ७ विकेटले विजयी भएको छ । दोस्रो खेलमा न्यूजिल्याण्डले दिएको १ सय ३३ रनको लक्ष्य भारतले १७.३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो ।

उसका लागि केएल राहूलले उत्कृष्ट ब्याटिङ गरे । उनले आज ५० बलमा २ छक्का र ४ चौका प्रहार गर्दै अविजित ५७ रनको योगदान दिए । राहूलले पनि अघिल्लो खेलमा अर्धशतक बनाएका थिए । टी–२० क्रिकेटमा उनको यो ११ औँ अर्धशतक हो ।

याे पनि पढ्नुस  टी–२० सिरिजः अफगानिस्तानविरुद्ध लुइसको शानदार अर्धशतक

यस्तै, श्रेयस अय्यरले ४४, विराट कोहलीले ११, रोहित शर्मा र शिवम दुवेले ८–८ रन बनाए । बलिङमा न्यूजिल्याण्डका टिम साउथीले २ र इश सोधीले एक विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको घरेलु टोली न्यूजिल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ३२ रन बनायो ।

याे पनि पढ्नुस  टी–२० सिरिजः भारतले दियो न्यूजिल्याण्डलाई १६६ रनको लक्ष्य

उसका लागि मार्टिन गुप्टिल, टिम सेफर्टले ३३–३३, कोलिन मुनरोले २४, रस टेलरले १८ र कप्तान केन विलियम्सनले १४ रन बनाए ।

बलिङमा भारतीय टीमका रवीन्द्र जडेजाले २, शिवम दुबे, जसप्रीत बुमराह र शार्दुल ठाकुरले एक–एक विकेट लिए ।

आजको जितसँगै पाँच खेलको सिरिजमा भारतले २–० को अग्रता बनाएको छ । भारत–न्यूजिल्याण्डबीचको तेस्रो खेल बिहीबार हुनेछ ।

याे पनि पढ्नुस  टी–२० सिरिजः अष्ट्रेलियाविरुद्ध टस जितेर बलिङ गर्दै श्रीलंका (LIVE)

कमेन्ट गर्नुहोस्