सुवास नेम्वाङले भने, ‘मिहिनेती शिक्षक अग्‍नि सापकोटा सभामुखमा उपयुक्त पात्र’

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रतिनिधिसभाको सभामुखमा अग्नि सापकोटा उपयुक्त पात्र भएको बताएका छन् ।

आज प्रतिनिधिसभाको बैठकमा सभामुख पदका लागि अग्‍नि सापकोटाको नाम प्रस्ताव गर्दै संसदीय दलका उपनेता समेत रहेका नेम्वाङले आफूहरुको चयन उपयुक्त भएको बताएका हुन् ।

‘हाम्रो चयन उपयुक्त रहेछ भन्‍ने निश्कर्ष आइसकेको छ, यो संसदका कसैले पनि उहाँको विकल्पमा अर्को प्रस्ताव सार्नुभएको छैन,’ उनले भने, ‘आफ्नो पृष्ठभूमिलाई ध्यान दिएर माननीय अग्निप्रसाद सापकोटाबाट प्रतिनिधिसभाले निर्वाह गर्नुपर्ने भूमिका बहन हुन्छ भने आशा लिएको छु।’

नेवाङले सापकोटा शिक्षण पेशामा हुँदा कुशल शिक्षक रहेर जिम्मेवारी पूरा गरेको पनि सम्झना गरे।

कमेन्ट गर्नुहोस्