‘मेरो दिल छ पोखरामा’ को विशेष शो हुँदै

काठमाडौंः गीतकार तथा चलचित्र निर्देशक शंकर अधिकारीको निर्देशनमा निमार्ण भएको नेपाली कथानक चलचित्र ‘मेरो दिल छ पोखरामा’ को आगामी फागुन ५ गते काठमाडौंमा विशेष शो गरिने भएको छ ।

कला राईको प्रस्तुतिमा रहेको चलचित्र को बिशेष शो आगामकी फागुन ५ गते दिनको बागबजारको सिटिम्याक्स सिनेमा भवनमा विशेष शो आयोजना गरिने निर्माण पक्षले जनाएको छ ।

चलचित्रमा राजु पौड्याल, रन्जु रन्जना, गंगा कुवँर, लक्ष्मी श्रेष्ठ, दिप कुलुङ, कला राई, हेमलता घिमिरे र राजन महर्जनको अभिनय रहेको छ । नेपाली सिनेमा भित्रको बास्तविक कथालाई चलचित्रमा उठाइएको चलचित्रका निर्देशक घायलले बताए ।

रामकृष्ण कडेलको छायांकन, देव महर्जनको द्वन्द, बिश्वास भण्डारीको सम्पादन र राजन महर्जनको नृत्य चलचित्रमा रहेको छ । चलचित्रलाई चैत्र १४ गते अल नेपाल रिलिज गरिने छ ।

कमेन्ट गर्नुहोस्