तटस्थ, निष्पक्ष, सन्तुलित भूमिका निर्वाह गर्छु, संसदको गरिमा राख्छुः सभामुख सापकोटा

काठमाडौंः सभामुख अग्निप्रसाद सापकोटाले आफूले संसदको गरिमा राख्न सन्तुलित भूमिका निर्वाह गर्ने बताएका छन् ।

सभामुख निर्वाचित भएपछि पत्रकारसँग कुरा गर्दै सापकोटाले लोकतन्त्रको मूल्य, मान्यता र आदर्श कायम राख्ने प्रतिवद्धता जनाए । उनले त्यसका लागि तटस्थ, निष्पक्ष, सन्तुलित भूमिका निर्वाह गर्ने बताए ।

सापकोटाले भने, ‘ लोकतन्त्रको मूल्यमान्यता, आदर्शलाई कायम गर्ने गरी नेपाली जनताको सार्वभौम सर्वोच्च संस्थाको ओज र गरिमा कायम राख्नका लागि तटस्थ, निष्पक्ष, सन्तुलित, भूमिका ‘निर्वाह गर्नका लागि म सँधैभरी दत्तचित्त भएर रहन्छु । इमानदारितापूर्वक लाग्छु ।’

सापकोटा आइतबार सभामुखमा निर्वारोध निर्वाचित भएका थिए ।

यो पनि पढ्नुस्ः

सभामुखमा अग्नि सापकोटा निर्विरोध निर्वाचित, को हुन् सापकोटा ?

कमेन्ट गर्नुहोस्