सभामुख सापकोटाले सोमबार ११ बजे शपथ ग्रहण गर्ने

काठमाडौंः नवनिर्वाचित सभामुख अग्नि सापकोटाले सोमबार ११ बजे शपथ ग्रहण गर्ने भएका छन् ।

संघीय संसद प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले सापकोटालाई राष्ट्रपति कार्यालय शितल निवासमा ११ बजे शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ ।

सभामुखमा सापकोटा निर्वाचित भएको संघीय संसद सचिवालयले राष्ट्रपतिको कार्यालयलाई आइतबार नै जानकारी गराइसकेको छ ।

शपथ ग्रहण लगत्तै सिंहदरबारस्थित कार्यकक्षमा सापकोटाले पदभार ग्रहण गर्ने कार्यक्रम तय भएको छ ।

कमेन्ट गर्नुहोस्