धरौटीमा छुटेपछि मनाङ्गेले भने, ‘हिरासतमा मज्जाले सुतेँ, अब रक्सी खानुपर्ला’

पोखराः अभद्र व्यवहार मुद्दामा प्रहरी हिरासतमा रहेका सांसद दीपक मनाङ्गे आज दिउँसो ६ हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् । रिहा भएपछि पत्रकारलाई प्रतिक्रिया दिँदै उनले हिरासत बसाइका क्रममा आफूले आराम गर्न पाएको बताए ।

हिरासत बसाइ कस्तो भयो भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘मलाई मजै लाग्यो, रेस्ट गर्न पायो नि, दुई दिन मज्जाले सुतेँ, अब रक्सीसक्सी खानुपर्ला, भित्र (हिरासतमा) खान पाउँदैन नि त १’

फुटबल खेलसम्बन्धी विवादमा अखिल नेपाल फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङमाथि कुटपिट गरेको आरोपमा मनाङ्गे पक्राउ परेका थिए । गुरुङबारे टिप्पणी गर्दै सांसद मनाङ्गेले सामान्य विषयलाई राजनीतिकरण गरिएको बताए ।

एन्फालाई फुटबलको विकासका लागि फिफाले दिएको रकम पदाधिकारीले हिनामिना र मोजमस्ती गरेको मनाङ्गेले बताए ।

कमेन्ट गर्नुहोस्