उखु किसानका समस्याबारे स्थलगत निरिक्षण गर्न वीरगञ्ज पुगे उद्योगमन्त्री भट्ट

वीरगञ्जः उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री लेखराज भट्ट उखुकिसानका समस्याबारे अनुगमन गर्न विरगञ्ज पुगेका छन् । उनी उच्चस्तरीय टोलीसहित उखु किसानको खेत र चिनी उद्योगीको उद्योगमा स्थलगत निरिक्षण गर्न आइतबार वीरगन्जमा पुगका हुन् ।

मन्त्री भट्ट उखु किसानका खेतबारीमै पुगेपछि उखु किसान उत्साहित भएका छन् । उच्चस्तरीय अनुगमन टोलीमा उद्योग सचिव यमकुमारी खतिवडा, वाणिज्य सचिव बैकुण्ठ अर्याल, उखु किसान तथा चिनी उद्योगहरूको दीर्घकालीन रूपमा समस्या समाधान गर्न बनेको समितिका संयोजक नवराज ढकाल, सदस्य वीरेन्द्र वस्नेत, मन्त्रालयका सम्बन्धित विभागका सहसचिवहरूलगायत रहेका थिए।

याे पनि पढ्नुस  सुदूरपश्चिममा थप ३ वटा पीसीआर मेसिन ल्याउने तयारी : मन्त्री भट्ट

चिनी किसानको खेतमै र चिनी उद्योगहरूको चिनी उद्योगमा गएर स्थलगत निरिक्षण गरी समस्याको दीर्घकालीन समाधान गर्न गम्भीरता पूर्वक लागेको र छिटोभन्दा छिटो दीर्घकालीन रूपमा समस्याको समाधान हुने मन्त्री भट्टले बताए ।

उखु किसानको पैसा नतिर्ने उद्योगीहरुलाई मन्त्री भट्टले यही माघको पहिलो सातामित्र पैसा तिर्न कडा निर्देशन दिएका थिए । मन्त्रीको निर्देशनमा उखुकिसानको पैसा नतिर्ने केही चिनी उद्योगीहरूको बैंक खाता रोक्कादेखि उखुकिसानको पैसा नतिरे उद्योगीहरूको सामान जफत गरेर भएपनि किसानको पैसा दिने कडा कदम चाल्ने बताएपछि किसानहरु खुसी बनेका थिए ।

कमेन्ट गर्नुहोस्