उपाधि दौडमा रहेको इन्टर मिलानलाई धक्का

काठमाडौंः इटालियन सिरि ‘ए’ फुटबलको उपाधि दौडमा रहेको इन्टर मिलानलाई काग्लियरीको अर्को धक्का लागेको छ । आज राति भएको खेलमा इन्टर घरमै काग्लियरीसँग १–१ गोलको बराबरीमा रोकिएको छ ।

इन्टरको यो लगातार दोस्रो बराबरी हो । यसअघिको खेलमा पनि इन्टर लिस्सेसँग बराबरीमा रोकिएको थियो । लगातारको बराबरीले इन्टरको उपाधि दौड कमजोर बन्दै गएको छ । यस बराबरीले शीर्ष स्थानमा रहेको युभेन्टेसलाई थप फाइदा पुगेको छ ।

घरेलु मैदानमा सुरुवाती अग्रता लिएरपनि इन्टरले अंक बाँडेको हो । इन्टरका लागि लौटारो मार्टिनेजले २९औं मिनेटमा गोल गरे । त्यसपछि काग्लियरीका राड्जा नाइङगोलानले ७८औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

इन्टरदोस्रो हाफको इन्जुरी समयमा १० खेलाडीमा समेटिएको थियो । इन्टरका लौटारो मार्टिनेज दोहोरो पहेँलो ९रातो० कार्ड पाउँदै बाहिरिएका थिए । त्यसपछि थप गोल नहुँदा दुवै टोलीले एक एक अंक बाँडे । बराबरीसँगै दोस्रो स्थानमा रहेको इन्टरले २१ खेलबाट ४८ अंक बनाएको छ ।

शीर्ष स्थानमा रहेको युभेन्ट्सको ५१ अंक छ । युभेन्ट्सले एक खेल कम खेलेको छ । ३१ अंक बनाएको काग्लियरी सातौं स्थानमा छ । यदि आइतबार रातिनै हुने खेलका युभेन्ट्सले नापोलीलाई हराएमा युभेन्ट्सले शीर्ष स्थानमा ६ अंकको अग्रता लिनेछ ।

कमेन्ट गर्नुहोस्