काठमाडौंः भारतीय क्रिकेट टीमका पूर्वस्टार युवराज सिंहले अष्ट्रेलियामा फेब्रुअरी ८ तारिखमा हुने एक च्यारिटी म्याचमा खेल्ने भएका छन् ।
अष्ट्रेलियामा भएको विनाशकारी डढेलोका कारण नोक्सान पुगेकाका लागि सहयोगार्थ हुन लागेको ‘बुशफायर च्यारिटी म्याच’ मा युवराजले खेल्ने भएका हुन ।
यस च्यारिटी खेलमा लेजेन्ड तथा पूर्व अष्ट्रेलियन खेलाडीहरु सहभागी जनाउँदै छन् । युवराज पूर्व अष्ट्रेलियन कप्तान रिकी पोटिंग कप्तान रहेको टिमबाट खेल्ने छन् । यो टोलीको प्रशिक्षकमा सचिन तेन्दुलकर रहेका छन् ।
बिग ब्यास फाइनल अघि हुन लागेको उक्त च्यारिटीबाट उठेको रकम अष्ट्रेलियन रेड क्रसलाई प्रदान गरिने बताइएको छ । क्रिकेट अष्ट्रेलियाले डढेलोले प्रभावित गरेको सामुदायिक क्रिकेट क्लबको सहयोगका लागि २ मिलियन अमेरिकन डलर प्रदान गरिसकेको छ ।
यस्तै अर्को टिमको कप्तानी शेन वार्नले गर्ने छन् । जसको प्रशिक्षकमा वेस्ट इण्डिजका पूर्वबलर कर्ट्नी वाल्सले गर्ने छन् ।