कंगनाको ‘पंगा’ले कति कमायो पहिलो दिन?

काठमाडौंः शुक्रबार रिलिज भएका दुई बलिउड सिनेमा ‘पंगा’ र ‘स्ट्रिट डान्सरःथ्रीडी’ दुबै सिनेमाले दर्शकबाट सुखद प्रतिक्रिया बटुलेका छन्।

तर व्यापारको मामिलामा भने कंगना रनौटको ‘पंगा’लाई वरूण धवन र श्रद्धा कपुरको ‘स्ट्रिट डान्सरःथ्रीडी’ले पछि पारेको छ।

रिलिजको पहिलो दिन ‘पंगा’ले २.७० करोड भारू कमाउँदा ‘स्ट्रिट डान्सरःथ्रीडी’ले भने त्यसको पाँच गुना अर्थात १०.२६ करोड भारू कमाएको छ।

कमाइमा यो अन्तर कंगनाको सिनेमालाई कम दर्शकले हेरेर नभई सम्बन्धित सिनेमालाई दिइएको पर्दाले हो। ‘पंगा’ १४ सय पर्दामा रिलिज भएको छ भने ‘स्ट्रिट डान्सरःथ्रीडी’ ४४ सय पर्दामा रिलिज भएको छ।

कमेन्ट गर्नुहोस्