गायिका आस्था राउत पक्राउ !

काठमाडौंः गायिका आस्था राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अभद्र व्यवहार सम्बन्धी मुद्धामा उनलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर टेकुका प्रहरी प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा सुरक्षा जाँचको क्रममा प्रहरी र आस्थाबीच भएको विवादमा प्रकाउ पुर्जी जारी भएपछि उनी प्रहरी कार्यालय पुगेकी थिइन्। उनलाई त्यहीबाटै नियन्त्रणमा लिइएको बोगटीले जानकारी दिए।

याे पनि पढ्नुस  ७ हजार घूससहित सई पक्राउ

आस्था कार्यक्रममा सहभागी हुन केही दिन नेपाल बाहिर थिइन्। यसअघि उनलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको थियो। माघ ५ मा गायिका आस्थाविरुद्ध प्रकाउ पुर्जी जारी भएको थियो। विमानस्थलमा आस्थाले चेकजाँचका क्रममा महिला प्रहरी रमिता श्रेष्ठमाथि ‘अभद्र व्यवहार’ गरेको उजुरी परेको थियो।

याे पनि पढ्नुस  १४ वर्षीया बालिकालाई पटकपटक बलात्कार गरेको आरोपमा वडाध्यक्ष पक्राउ

आस्थाले विमानस्थलमा आफूमाथि दुर्व्यवहार भएको माघ १ मा सामाजिक सञ्जाल फेसबुकमा लाइभ गरेकी थिइन्। त्यसको केहीबेरमा नै उनले भिडियो हटाइन्। सुरक्षा जाँचका क्रममा गायिका आस्थाको महिला प्रहरी रमिता श्रेष्ठसँग विवाद भएको थियो।

कमेन्ट गर्नुहोस्