काठमाडौंः कोरोना भाइरसको संक्रमणबाट हालसम्म ८० जनाको मृत्यु भएको छ । योसँगै विश्वभरी २८ सय जनामा संक्रमण फेला परेको छ । हालसम्म ५४ जना व्यक्ति उपचारपछि संक्रमण मुक्त भएको चीनको स्वास्थ्य आयोगले जनाएको छ् । चीनमा मात्रै २ हजार ७७४ जनामा यो संक्रमण फेला परेको छ ।
नेपालमा १ जनामा भाइरस पत्ता लागेको छ भने थप तीनजना शंकाष्पद अवस्थामा निगरानीमा रहेका छन् ।
चीनका सबैजसो शहरमा कोरोनाका बिरामी देखिएका छन् । सबैभन्दा धेरै वुहान शहरमा यसको प्रकोप देखिएको छ । चीनले युद्दस्तरमा कोरोनाविरुद्ध नियन्त्रण, रोकथाम र उपचारलाई अघि बढाएको छ ।
चीनले कोरोना भाइरसविरुद्ध युद्दस्तरमा लडाई गरेको भन्दै संयुक्त राष्ट्र संघले प्रशंसा गरेको छ । यतिखेर कोरोना भाइरसको उदमग स्थान उहान शहरमा चीनका बिभिन्न प्रान्तबाट चिकित्सक तथा उद्दारकर्मी खटिएका छन् ।
जनमुक्ति सेनाको सैन्य टोली देशैभरी परिचालन गरिएको छ ।
चिनियाँ समाचारहरुले उहान क्षेत्रका अस्पतालमा निकै भीड लागेको बताएका छन् । कतिपय डाक्टरहरु चाउचाउ समेत खान नपाएर पनि उपचारमा संलग्न रहेका छन् ।
यसैबीच चीनले एकातिर भाइरसको बारेमा अझै गम्भीर तथ्य पत्ता लगाउन कोशीस गर्दैछ भने अर्कोतर्फ यसको संक्रमण थप हुन नदिन र संक्रिमत भइसकेकालाई अस्पताल ल्याउन पहल गरिरहेको छ ।
आइतबार मात्रै चीनको स्वास्थ्य आयोगका प्रमुखले कोरोना भाइरस लक्षण देखिनु अघि नै फैलिने चरित्रको भएको कुरा सार्वजनिक गरेपछि यसले चौतर्फी चिन्ता थपेको छ ।
संक्रमण भएको १ देखि १४ दिनसम्म लक्षण नदेखिने हुँदा उक्त अवधिमा भाइरसबाट संक्रमित भएपनि थाहा नहुने भएकोले अरुलाई सार्न सक्ने सम्भावना बलियो हुने उनले बताए ।
यसपछि अमेरिकामा समेत अहिलेसम्म अपनाईको रोकथामको रणनीतिमा परिवर्तन गर्नुपर्ने टिप्पणी गरिएको छ । हालसम्म बिरामीमा संक्रमण भेटिएपछि मात्रै उक्त व्यक्तिको उपचार र उक्त व्यक्तिबाट अरुमा संक्रमण हुन नदिने रणनीति अपनाईंदै आइएको थियो ।
तर कोरोना भाइरसको लक्षण तत्काल थाहा हुन नसक्ने कुरा सार्वजनिक भएपछि अस्पताल आइपुग्नु अघि उक्त संक्रमित व्यक्ति के कहाँ र को सँग संगत गरेको थियो भन्ने पत्ता लगाउन सारै गारो पर्ने र सार्वजनिक स्थलमा उक्त व्यक्तिबाट अन्य दर्जनौंमा सर्नसक्ने सम्भावना रहेको भन्दै अमेरिकालाई रणनीति परिवर्तन गर्न सुझाव दिइएको थियो ।