सापकोटाले लिए सभामुखको सपथ, कार्यभार सम्हाल्दै

काठमाडौंः नवनिर्वाचित सभामुख अग्नि सापकोटाले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सापकोटालाई राष्ट्रपति भवन शितल निवासमा सोमाबार पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।

सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उपस्थित थिए ।

याे पनि पढ्नुस  यो वर्ष राष्ट्रपति छठमा काठमाडौंका जलासयमा नजाने

सापकोटा आइतबार प्रतिनिधिसभाबाट सभामुखमा निर्विरोध निर्वाचित भएका थिए । शपथ ग्रहणपछि सापकोटाले सोमबार नै कार्यकक्षमा पुगेर कार्यभार सम्हाल्ने कार्यक्रम छ ।

कमेन्ट गर्नुहोस्