सारेगमपमा चर्चा बटुलेका आयुष केसीले ल्याए ‘म एउटा बालक’ (भिडियोसहित)

काठमाडौंः बाल गायक आयुष केसीको नयाँ गीत ‘म एउटा बालक’ सार्वजनिक भएको छ । अमृत क्षेत्रीको शब्द तथा संगीत रहेको ‘म एउटा बालक’ गीत सुरशाला म्यूजिक एकेडेमीले सार्वजनिक गरेको हो ।

चर्चित भारतीय टेलिभिजन शो ‘सारेगमप लिटिल च्याम्प्स’मा चौंथो स्थानमा पर्न सफल केसीले आफ्नो दमदार प्रस्तुतीका कारण निकै चर्चा बटुलेका थिए ।

याे पनि पढ्नुस  प्रधानमन्त्री ओलीलाई प्रितम र आयुषले सुनाए गीत

त्यसैगरी, ‘सुरशाला जुनियर आइडल’ सिजन–१ को विजेता समेत भइसकेका केसीको ‘म एउटा बालक’ बोलको गीतको म्यूजिक भिडियो पनि सार्वजनिक भएको छ ।

सबैकुरा बुझेर पनि केही गर्न नसक्ने एउटा बालकको कथा समेटिएको गीतको भिडियोमा आयुष आफैले अभिनय गरेका छन् । भिडियोलाई कुमार केसीले निर्देशन गरेका छन् ।

याे पनि पढ्नुस  आयुष केसीको ‘हजार जुनीसम्म’ बोलको गीत सार्वजनिक (भिडियो)

कमेन्ट गर्नुहोस्