कोरोना भाइरसविरुद्ध सयौं जनमुक्ति सेना परिचालन (फोटो फिचर)

बेइजिङ: कोरोना भाइरसको प्रकोप बढ्दै गइरहेको बेला चिनियाँ सरकारले जनमुक्ति सेनालाई रोकथाम र उपचारका लागि खटाएको छ ।

जनमुक्ति सेनाको चिकित्सा विभागले आफ्नासैन्य स्वास्थ्यकर्मीलाई प्रभावित क्षेत्रमा जान निर्देशन दिएपछि हजारौं सेनाहरु जनसेवामा जुटेका हुन ।

गत शुक्रबारको रात चिनियाँ सैनिकहरुका लागि विशेष मानिन्छ । नयाँ लुनार वर्षको उपलक्ष्यमा यो दिनलाई सैनिकहरुले परिवारसँग पुर्नमिलन हुने दिनका रुपमा लिन्छन् ।

तर देशमा संकट आउँदा भने उनीहरुले परिवारसँग खुसी साट्न सकेनन् । बरु आफन्तका तस्वीर मोबाइलमा हेर्दै प्रभावित क्षेत्रमा लागे ।

चाइनामिलका अनुसार, सैनिक चिकित्सा विश्वविद्याय तथा त्यस अन्तर्गतका अस्पतालमा रहेका जनमुक्ति सेनाहरु वुहानका प्रभावित क्षेत्रमा परिचालित भएका हुन ।

चाइनमिलका अनुसार, चोङचिङमा रहेको सैन्य चिकित्सा विश्वविद्यालयबाट मात्रै १३५ जना स्वास्थयकर्मी वुहानतर्फ लागेका छन् । उनीहरुलाई सामान्य अवस्था र जटिल अवस्था रहेको प्रकोप क्षेत्रमा दुईवटा टीममा खटाइएको छ ।

यसैगरी सांघाईमा रहेको दोश्रो सैनिक चिकित्सा विश्वविद्यालयबाट १ सय ५० सैन्य स्वास्थ्यकर्मी परिचालन गरिएका छन् । तस्वीरमा देखाइ अनुसार, उनीहरु घना वर्षा भइरहेको बेला आफ्ना सामान बोकेर विमानस्थलतर्फ गएको देखिन्छ ।

सान्सी प्रान्तको एयरफोर्स चिकित्सा विश्वविद्यालयबाट ९५ जना डाक्टर र नर्स वुहानतर्फ लागेका छन् । जनमुक्ति सेनाले चीनको झण्डा बोकेको देखिन्छ । झण्डामा क्रिटिकल कन्डिसन ट्रिटमेन्ट टीम अर्थात जटिल अवस्थाको उपचार गर्ने टीम भनेर लेखिएको देखिन्छ । यसअघि केन्द्रीय कमाण्डले ४० जना चिकित्सलाई वुहान पठाइसकेको थियो ।

यस अतिरिक्त साउथर्न मेडिकल युनिभर्सिटीबाट समेत २४ जना मेडिकल टोली वुहान पठाइएको छ ।

राष्ट्रपति शीले पार्टी, सरकार र सुरक्षा निकायका सबै तहलाई कोरोना भाइरसविरुद्ध एकीकृत मोर्चाबन्दी गर्न र उपचारमा सहयोग गर्न शनिवार नै निर्देशन दिइसकेका छन् ।

अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट २८ सय जना संक्रमित भएका छन् भने ८० जनाको मृत्यु भएको छ । ग्लोबल टाइम्सले जनाए अनुसार, ५४ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । हालसम्म १३ वटा देशमा यो भाइरस देखा परेको छ ।


Photo: Chinamil.com

कमेन्ट गर्नुहोस्