काठमाडौंः भारतीय क्रिकेटर रवीन्द्र जडेजा र सञ्जय मान्जेकर बेलाबेला एक अर्काविरुद्ध उत्रिएका हुन्छन् । प्रायः मान्जेकरले जडेजाप्रति दिने अभिव्यक्तिका कारण यी दुईबीच सामाजिक सञ्जालमा चर्चाका पात्र भइरहन्छन् । यसैबीच फेरि मान्जेकर र जडेजाबीच सामाजिक सञ्जालमा ‘वार’ चलेको छ ।
दुवै बीचको सम्बन्धमा सुधार आएको होकि भनेर अनुमान गरिरहेका बेला मान्जेकरले न्यूजिल्याण्ड विरुद्धको दोस्रो टी–२० पछि जडेजाको फोटो सेयर गर्दै उनको नाम भन्न आग्रह गरेपछि फेरि मनमुटाव बाहिर आएको छ ।
क्रिकेट कमेन्टटेटर समेत रहेका मान्जेकरले केएल राहूललाई ‘म्यान अफ द म्याच’को अवार्ड दिएको विषयमा पनि प्रश्न उठाएका छन् । भारतका लागि ३७ टेस्ट र ७४ एक दिवसीय क्रिकेट खेलेका मान्जेकरले भनेका छन्, ‘म्यान अफ द म्याच अवार्ड कुनै बलरलाई दिनुपर्ने थियो, भन्दै जडेजाको फोटो सेयर गरेर सबैलाई नाम सोध्न चाहन्छु ।’ रवीन्द्र जडेजाले मान्जेकरलाई रिप्लाई गर्दै नाम मेन्सन गर्न आग्रह गरेका थिए । जवाफमा फेरि मान्जेकरले हाँस्दै भनेका छन्, ‘तिमी अथवा बुमराह । बुमराहले तेस्रो, १० औं, १८ औं र २० ओभरमा बलिङ गर्दै थोरै रन दिएका थिए ।’
Ha ha…Either you or Bumrah. Bumrah, because he was extremely economical while bowling overs no 3, 10, 18 and 20. https://t.co/r2Fa4Tdnki
— Sanjay Manjrekar (@sanjaymanjrekar) January 27, 2020