काठमाडौंः आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल र ओमानसँगको त्रिकोणात्मक सिरिज खेल्नु अघि अमेरिकी क्रिकेट टीम भारतमा अभ्यास गरिरहेको छ । उसले मुम्बई स्थित सचिन तेन्दुलकर जिमखाना मैदानमा अभ्यास गरिरहेको हो ।
माघ २२ गतेबाट कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा सुरु हुने सिरिज अघि अमेरिकाले मुम्बईमा क्याम्प राखेको हो ।
क्याम्पमा अमेरिकी टिमले त्यहाँका तीन वटा स्थानीय क्लबसँग खेल्ने छ । एक साता बढीको प्रशिक्षणपछि अमेरिकी टिम काठमाडौं आइपुग्नेछ ।
त्रिकोणात्मक सिरिज खेल्ने अमेरिकी टीमः सौरभ नेट्रावाल्कर (कप्तान), स्टेभेन टेलर, करिमा गोरे, इयान होल्यान्ड, अक्षय होमराज, एल्मोरे हट्चिनसन, आरोन जोन्स, नोस्थुश केन्जिगे, जेभिएर मार्शल, मोनांक पटेल, तिमिल पटेल, निसराग पटेल, क्यामरोन स्टेभेन्सन र रस्टी थेरन ।
सिरिजका क्रममा ५ बढी बढी सुरक्षाकर्मी खटाइने
सिरिजका क्रममा ५ सय भन्दा बढी सुरक्षाकर्मीलाई मैदानमा खटाईने भएको छ । दर्शकका कारण खेलमा हुनसक्ने बाधा र परिस्थितीलाई ध्यानमा राखी यो पटक त्रिवि मैदानमै उल्लेख्य सुरक्षाकर्मी परिचालन गर्न लागिएको हो । अमेरिका र नेपालबीच यसअघि भएको खेलको नजिरलाई ध्यान दिदै क्यानले सुरक्षा व्यवस्थामा बिशेष ध्यान दिएको हो ।
मैदान बाहेक एयरपोर्ट र बिदेशी खेलाडी बस्ने होटलमा पनि विशेष व्यवस्था गरिएको सचिव प्याकुरेलले बताए । नेपालसँगको खेलका लागि अमेरिकाको टोली माघ २० र ओमानको टोली २१ गते काठमाडौं आउनेछ । २२ गतेबाट सुरु हुने सिरिजको पहिलो खेलमा नेपाल र ओमान प्रतिस्पर्धा गर्ने छन् ।