अफगानिस्तानमा विमान दुर्घटना

काबुलः अफगानिस्तानको पूर्वी क्षेत्र घाज्नी प्रान्तस्थित विमान दुर्घटना भएको छ ।

राज्यको स्वामित्वमा रहेको एयरलाइन्सको विमान दुर्घटनाबारे विस्तृत विवरण आइसकेको छैन । एरियाना अफगान एयरलाइन्सको विमान देह याक जिल्लाको सादोखेल क्षेत्रमा दुर्घटना भएको अन्तर्राष्ट्रि सञ्चारमाध्यमले जनाएका छन् ।

स्थानीय समय अनुसार १ बजेर १० मिनेट जाँदा विमान दुर्घटना भएको हो । दुर्घटनामा कति क्षति भएको भन्नेबारे पूर्ण विवरण आउन बाँकी छ । (फाइल तस्बिर)

कमेन्ट गर्नुहोस्