यूएईमा गाडीको ठक्करबाट नेपाली युवकको ज्यान गयो

यूएईः यूएईमा गाडीको ठक्करबाट एक नेपालीको मृत्यु भएको छ । ओमानबाट यूएई आउँदै गरेको लरीले ठक्कर दिँदा दार्चुलाका रमेश कामीको मृत्यु भएको हो ।

सामान बोकेर तीव्र गतिमा आएको लरीले सडक पार गर्दै गरेका कामीलाई ठक्कर दिंदा घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शी प्रमोद तामाङले जानकारी दिए । हत्ताको मुजेरा सुपरमार्केट नजिकै दुर्घटना भएको हो ।

शनिबार साँझ भएको दुर्घटनाको नेपाली दूतावासले सोमबार पुष्टी गरेको छ । यूएईको क्लिन्को नामक सरसफाई गर्ने कम्पनीमा कार्यरत दार्चुलाका रमेश कामीको ज्यान गएको दूतावासले जनाएको छ । यसबारे थप अनुसन्धान भैरहेको र लरी चालक प्रहरीको नियन्त्रणमा रहेको कम्पनीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्