सशस्त्रका ६ एसएसपी डिआईजी बढुवाका लागि सिफारिस

काठमाडौंः सशस्त्र प्रहरीमा रोकिएको एसएसपीको बढुवा अघि बढेको छ ।

गृहसचिव प्रेमकुमार राईको अध्यक्षतामा बसेको सोमबार बसेको बढुवा समितिको वैठकले सशस्त्रका ६ जना एसएसपीलाई डिआईजीमा बढुवा सिफारिस गरेको हो ।

बढुवा हुनेमा पुरानो ब्याचका एसएसपी रहेका छन् । बढुवाका लागि नयाँ व्याचबाट पनि लविङ्ग भएपनि अन्तमा पुरानै व्याचबाट डिआईजीमा बढुवा भएको हो ।

बढुवा हुने एसएसपीमा केवी व्रमाचार्य, वंशिधर दाहाल, हरिशंकर बुढाथोकी, किशोर प्रधान र राजेन्द्र वस्नेत रहेका छन् ।

वरियतामा अघि भएपनि डिआईजीमा बढुवा हुन आवश्यक पर्ने हाई लेभल म्यानेजमेन्ट तालिम नहुँदा एसएसपी हरिशचन्द्र अधिकारी भने बढुवा हुनबाट बञ्चित भएका छन् ।

कमेन्ट गर्नुहोस्