बिहे गर्ने तयारीमा आलिया र रणवीर

काठमाडौंः बलिउडमा अभिनेत्री आलिया भट्ट र रणवीर कपूर सबैभन्दा क्युट जोडीका रुपमा चिनिन्छन् । पछिल्लो समय यी दुईको विवाहको चर्चाले मिडियामा प्रथामिकता पाएको छ ।

याे जाेडीले आधिकारिक धारणा सार्वजनिक गरिसकेको नभए पनि उनीहरुले यसै वर्ष विवाह गर्ने अनुमान गरिएको छ ।

दुबैले पहिलो पटक एकसाथ अभिनय गरेको फिल्म ‘ब्रह्मास्त्र’ हो । जसको सुटिङ चलिरहेको छ । फिल्म अभिनयको सिलसिलमा उनीहरु एकअर्काेको झन् नजिक भएका छन् ।

केही भारतिय मिडियाले फिल्म युनिटका सदस्यलाई उद्घृत गर्दै आलिया र रणवीर बिवाहको तयारीमा जुटेको समाचार समेत बनाएका छन् । समाचारमा उनीहरु हनिमुन डेष्टिनेशनको खोजिमा रहेको समेत उल्लेख गरिएको छ ।

आलिया र रणवीर अभिनित फिल्म ‘ब्रह्मास्त्र’का निर्देशक अयान मुखर्जी हुन् । फिल्ममा अमिताभ बच्चनको पनि मुख्य भुमिका रहेको छ । फिल्ममा मौनी राय, नागार्जुन, डिम्पल कपाडिया, प्रतीक बब्बर समेतको अभिनय रहने छ । फिल्मको रिलिज यसै वर्ष हुने बताइएको छ ।

कमेन्ट गर्नुहोस्